मान्छे जस्तो छैन मान्छे अचेल

  supreme-post
  २० कार्तिक २०७७, बिहीबार ०६:४८

नारायण खनाल

मालारानी -३ अर्घाखाँची

कस्तो इच्छा हो त आली बिनाको जस्तो ब्वाँसो बोल्छ लाली बिनाको ।

मान्छे नाली पुज्छ ढोगेर झेल मान्छे जस्तो छैन मान्छे अचेल।।

आस्था पोल्दै राल चाट्दै बसेर के आँट्यो खै स्वार्थ मात्रै घसेर।

बुझ्ने ज्ञानी छैन मान्छे छ झेल मान्छे जस्तो छैन मान्छे अचेल ।।

भेटाए झैँ छैन साँचो सवाल देखाए झैँ लाग्छ मात्रै कुचाल।

डाँडापाखा रुन्छ देख्दा अमेल मान्छे जस्तो छैन मान्छे अचेल ।।

हीरा जस्तो कर्म खुल्नै हरायो चुच्चे टोपी धर्म भुल्ने गरायो ।

डुब्दै जाने दम्भ फुल्ने छ खेल मान्छे जस्तो छैन मान्छे अचेल ।।

के हो सेवा कर्म के हो पुजेन खै कस्तो हो धर्म सेवा बुझेन।

पैसा मात्रै देख्छ खाली छ झेल मान्छे जस्तो छैन मान्छे अचेल ।।

कल्ले बुझ्ने कर्म फुल्दै धरामा मर्मस्पर्शी काव्य झुल्ने गरामा।

भाँच्ने आत्मा मातृ आफ्नी छ खेल मान्छे जस्तो छैन मान्छे अचेल ।।

खाँटी भन्दै खान्छ विष्ठा छ ढोँग साथी भन्दै रोप्छ घाती उरोज ।

लाछी दम्भी रैछ चाला र खेल मान्छे जस्तो छैन मान्छे अचेल ।।

खनाल सुप्रिम न्यूज पोष्ट डटकमका संरक्षक हुनुनुहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *