मन्त्री पाण्डेद्वारा स्वास्थ्य सामाग्री प्रदान

  supreme-post
  २७ जेष्ठ २०७८, बिहीबार १७:२६

विनोद गैरे, अर्घाखाँची


देशभर माहामारीको रुपमा फैलिई रहेको कोभिड–१९को दोस्रो भेरियन्टको प्रभाव लुम्विनी प्रदेशकाका अधिकांस जिल्ला संगै अर्घाखाँचीमा पनि परेको प्रति लुम्विनी प्रदेशका उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले चिन्ता व्यक्त गर्नुभएको छ । मन्त्री पाण्डेले अर्घाखाँची लगायत लुम्विनी प्रदेशका जनताको जीवन रक्षाका लागि आफुले कुनै कसुर वाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । मन्त्री पाण्डे अर्घाखाँची जिल्लाको वल्कोट प्राथमिक स्वास्थ्य केन्द्रको लागि अक्सिजन सिलिन्डर ६ थान, सर्जिकल माक्स १००० थान, के.एन ९५ माक्स ५५ थान, सेनीटाईजर ५०० एम.एल. १० पिस, पिपिई २५ सेट, फेस सिल्ड ४५ पिस, सर्जिकल ग्लोव्स १५० जोर लगायतका स्वास्थ्य सामाग्री डिभिजन वन अधिकृत मार्फत पठाउनुभएको जानाकारी दिनुभएको छ । तत्काल वल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री पठाएता पनि क्रमै संग जिल्ला अस्पताल सन्धिखर्क लगायत जिल्लाका सबै स्वास्थ्य संस्थाहरुलाई पनि आवश्यक स्वास्थय सामग्री प्रदान गर्ने मन्त्री पाण्डेले जानाकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *