अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिवन्ध जेठ १७ सम्म लम्बिइयो

  supreme-post
  २९ बैशाख २०७८, बुधबार ०७:०७

अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध जेठ १७ सम्म लम्बिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई जानकारी गराएको छ ।

यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

सो प्रतिवन्ध लम्ब्याएर सरकारले १७ जेठमा पु¥याइएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट र्फकने नेपाली प्रत्यक्ष प्रभावित हुनेछन् । नेपालमा पर्वतारोहणको सिलसिलामा रहेका विदेशी पर्यटकको समेत यात्रा प्रभावित हुने भएको छ । काठमाडौंको निषेधाज्ञा जेठ १३ सम्म लम्बाइएको छ ।

याे समाचार पालिका न्यूजवाट साभार गरिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *