अर्घाखाँचीका भुसाल, जसले बेलवासमा रहेको घर कोभिड उपचारको लागि सरकारलाई दिने घोषणा गरे

  supreme-post
  २३ बैशाख २०७८, बिहीबार १५:११

हरि प्रसाद भुसाल
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका स्थाई घर भई बेलवासमा बस्ने रामप्रसाद भुसालले कोभिड उपचारको लागि घर राज्यलाई दिने घोषणा गर्नुभएको छ ।
सामाजिक सन्जाल फेसवुक मार्फत करिव १२ ओटा गाडी पार्किङ गर्न सकिने ठाउँ सहित आफ्नो घर राज्यलाई दिन तयार रहेको बताउनुभएको हो ।
यदि राज्यले आबश्यक ठान्छ भने कोरोना अवधीभरको लागि आफू भाडामै बसेर भएपनि राज्यलाई निशुल्क घर दिन तयार रहेको भुसालले बताउनुभयो ।
भुसालले गतवर्ष भूमिकास्थान ३ रातामाटामा रहेको आफुले पढेको अन्नपुर्ण माध्यमिक बिद्यालयमा नगद ५ लाख सहयोग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *