सन्धिखर्क नगरपालिकाद्वारा अर्घाखाँची अस्पताललाइ अक्सिजन सिलिन्डर सहयोग

  supreme-post
  २३ बैशाख २०७८, बिहीबार १५:०८

हरिप्रसाद भुसाल, बैशाख २३ अर्घाखाँची

सन्धिखर्क नगरपालिकाले अर्घाखाँची अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।
एक अनौपचारिक कार्यक्रमका विच नगरप्रमुख कमल प्रसाद भुसालले अस्पताल प्रमुख डा कपिल गौतमलाई चार थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा अस्पताल प्रमुख डा गा‌ैतमले विपतको बेला अक्सिजन सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै धन्यवाद व्यक्त गर्नुभएको थियो भने नगरप्रमुख भुसालले जोखिम न्युनकरणका लागि सक्दो प्रयास गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगर उपप्रमुख ठाकुुर कुमार विक, स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली, सव ईन्जिनियर हरि बोहरा लगायतको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *