दलितको जन्म

  supreme-post
  २१ बैशाख २०७८, मंगलवार ०८:३०

कृष्ण प्रसाद भुसाल “अजस”

भन्दैनन् धर्मवेद् पुराण सवले, मान्छे ठुलोजातको ।
जन्मेको सवहो समान रितले, भैक्षुद्रकै वर्णको ।।
काम्कोनाम दिदा कुनै समयमा,भेद्भावधेरै भयो ।
पेशाका भरमा बिभाजन हुदा,सानोठुलोभै गयो ।।

राम्राकाम गर्नेहरू जगतमा ,राम्रा सुकीला रहे ।
दुःखद्काम गर्नेहरू भुवनमा,काला नराम्रा भए ।।
पीडादुस्ख हुनेहरू झनझनै,साना हुदैपो गए ।
सन्तानैपनि था नपाइ उनका,दलित् हुदैजो गए ।।

सम्पन्नै परिवारला गरिवले,भेट्नै नसक्ने भए ।
मेधावान दबाउदै दलितला,पाखा लगाई गए ।।
पीडित् ला सव ठाउमा निचभनी,पानी नचल्ने भए ।
सामन्तिक्रुद्ध चालले दलितपो,गम्भीरजन्मै भए ।।

पानीका सवथोक बर्तनहरू,उस्ले बनाई दिने ।
बर्तन्मा उसले भरेर दियको पानी अशुद्धै हुने ।।
गर्छन् कामहरू जस्लेजगतका,राम्रा र गाह्रा सवै ।
मान्छेका बिचमा रगत्तचलदा पानी नचल्ने अझै ।।

पूजापाठ हुदा जिन्सी र बस्त्रको ,जोहो उसैको सदै ।
लिन्छन् ईश्वरता सवै शन्ततिका, सौगात रम्दै झनै ।।
चढ्छन् मन्दिरमा सवै बस्तुहरु,तीहातहुन् अर्जने ।
तेस्ता हातहरू गए मन्दिरमा,केला अशुद्धै हुने ।।

पस्छन् भित्ररमाउदै कुकुरता, मान्छे नपस्ने किन ।
मान्छेभैकन त्योजनावरभन्दा, नीचै हुनेहै किन ।।
मान्छेएक भए विभेद नभए, स्वामी प्रसन्नै हुने ।
पार्नेहो प्रभुला प्रसन्न अवता, केला अझै बेग्लने ।।

मान्छेभै गर्नुहुन्नविभेद् मनुष्यको,मान्छेयकैहो सवै ।
बन्नेहो उद्यमी सवै मिलिजुली, राम्रो मिजासीभई ।।
बैज्ञानिक् युगमा धर्ती बनिसक्यो, एउटा् ठुलो योघर ।
योएका घरका जहान हरुमा, केभेद गर्नै छर ।।
इति….

Leave a Reply

Your email address will not be published. Required fields are marked *