किन आफ्नाे चिहान आफै खन्दैछ मान्छे

  supreme-post
  ११ बैशाख २०७८, शनिबार ११:२३

-कृष्ण प्रसाद आचार्य

कोरोनाको त्रासले विश्व आक्रान्त छ । हुनेहरुलाई खानु र सुत्नु छ । विरामीलाई मर्नु कि बाँच्नु छ । नहुनेहरुलाई भोकै मरिन्छ कि भन्ने पीर छ । कसैलाई यही मौकामा कुम्ल्याउनु पनि होला । कसैलाई कुम्ल्यायो है भनेर औंल्याउनु पनि होला । अहिले मानिसका कुरा सुन्नु पर्छ , लाग्छ सबै कोरोना भाइरसका विशेषज्ञ हुन् । सबै मानिस अर्ती उपदेश गर्न मै व्यस्त छन् । पण्डितहरुको हुलमा अर्को भूँइफुट्टा हुन मन त छैन तर पनि विशेषज्ञता बिनाको उपद्रो सामाजिक सञ्जालहरुमा आएका र कामकुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान चरितार्थ हुने कुराहरु जताततै छताछुल्ला भएको देख्दा लेख्नुको अर्थ कति लाग्छ थाहा छैन । त्यसैले लेखौंकि नलेखौं गर्दै एउटा विचार लेख्न बसें । बज्र जसरी कडा भएको समस्या मेरो कोमल कलमले कोट्याउन अप्ठ्यारो भइरहेको छ ।

के को होडमा कहाँ पुगेको विश्व एउटा सुष्म जीवको अधिनमा छ । धर्तीको बिभाजन गरेर देश —देश र महादेशीय सीमाना निर्धारण गरेर मानव जातिले आफूलाई आफैं अलग्याएको हो । धम्क्याउने, हप्काउने र थर्काउने यति गर्दा नभए कब्जा गर्ने र मार्नेसम्मको साधन बनाएर मानिसले मानवता माथि एकाधिकारको रचना रचिरहेको छ ।

शक्ति राष्ट्रहरुलाई यो थाह नभएको पनि होइन । एकदिन हाम्रो बिनास अवश्य हुन्छ । थाहा भएर कहिलेकाँही सुधारका लागि सम्मेलन पनि हुन्छन् । विश्वमा जहाँ सबै राष्ट्र प्रमुखहरुको भेलाबाट विश्व र मानव जातिको रक्षाका लागि तामझामका साथ निष्कर्ष पनि निस्कन्छ । तर, जब आफ्नो देश फर्किन्छन् सम्मेलन भालुलाई पुुराण हुन्छ । यो मसान वैराग्य जस्तो विचारले मानिसको कल्याण कसरी गर्न सक्ला रु । ८४ लाख प्रकारका प्राणी मध्ये मानिस अति चेतनशील छ । यति चेतनशील कि उभन्दा पछिको प्राणाीले उसलाई कहिल्यै पछ्याउन सक्दैन । केबल उसको बिनास हुन्छ भने उसको अदूरदर्शिता र अकरमण्यताकै कारण हुन्छ । यो निश्चित छ ।

कोरोना भाइरसको कुरा गर्ने नै हो भने पनि यो कहिँ न कहिँ मानव सभ्यतामा मानवको आविष्कारको कुनै न कुनै कुरासँग सम्बन्धित भएको हुनु पर्छ । किनकि मानसिले बैज्ञानिक चमत्कार र आधुनिनक सभ्यता भनेर मानवीय मूल्य र मान्तयता क्षय गर्दै लगेको छ । मानवका मौलिक विशेषता र खानपान, रहनसहन, प्राकृतिक नियमभन्दा बाहिर जान थालेका छन् । स्वतन्त्रताको नाममा मानिस स्वच्छन्द बन्दै गएको छ । भोलि जे होस् मानिस बेपर्वाह छ । आज जसरी भए पनि भयो । यही होडबाजीमा मानिसले आफ्नो चिहान खनिदै गरेको समेत पत्तो पाएको छैन । त्यसैको फलस्वरुप आज विश्वमा यति कठोर दुःखहरु हामीले सामना गर्नु परिरहेको हो भन्न कुनै अप्ठ्यारो छैन । अझ यो फैलाउनमा त द्रूत गतिमा यात्रा गर्ने जहाजहरु त झन् प्रमुख साधन नै बने ।

हाम्रा धर्मशास्त्रहरु पल्टाएर हेर्ने हो भने त्यहाँ सम्पूर्ण मानवजातिको भविष्यवाणीहरु गरेको पाइन्छ, र यो समयमा त्यसै पनि हुँदै गएको देख्न सकिन्छ । हामी कहाँकहाँ चुक्यौं र चुक्दैछौं, हामीले त्यस कुरामा किन ध्यान नदिएको होला आश्चर्य लाग्दो कुरा हो । हामीलाई हाम्रा पञ्चक्लेशहरुले यति धेरै सताएको छ । हामी किन साँचै मानव जस्तो बन्न नसकेको होला रु

मानिसलाई मानव जस्तै हुनु पर्छ भनेर कसलाई भन्नु र कता फर्किएर भन्नु रु न फर्किने दिशा छ नत सुन्ने ठूलो मानवको हिस्सा छ । भन्ने र सुन्ने यो मानवता समर्थकहरुको सानो र पहुँच बाहिरको टीमले के यो पृथ्वीको रक्षा गर्न सक्ला रु बिहान बेलुका दुई छाक खान, एक ओछ्यान निदाउन र शान्तिले परिवारसँग रमाउन के बिलगेट्स हुनै पर्छ रु के करोडौं, अरबौं कमाउनै पर्छ रु भ्रष्ट र विवेकहीन हुनै पर्छ रु

प्राचीनकालमा ऋषिमुनिहरु भक्ति, योग र तपको बलले संसारका सबै कुराहरुको अनुभव गर्थे । नाम कमाउन पैसा र मिथ्याको पावर हुनु पर्छ भन्ने केही छैन । मीरा, तुकराम, सुदामा, विदुर, धनी भएर नाम कमाएका हुन र रु उनीहरुसँग कुन शस्त्र र अस्त्र थियो रु कविर, नानक, जिसससँग कुनकुन मिसाइलहरु थियो रु जब मानिसले आफ्नो विचारलाई दुषित बनाउँछ तब उसले त्यो स्वनिर्मित दुषित कुराको परिणाम भोग्नु पर्छ ।
एउटा भनाइ छ ः “जसले झिँगा निल्छ उसले वान्ता गर्नुपर्छ ।” आज मानव जाति त्यस्तै परिस्थितिमा गुज्रिरहेको छ । माकुराको जालोमा भिँगा प¥यो भने जति छटपटाउँछ त्यति बेरिँदै जान्छ । ठीक त्यही तरिकाले मानिस अहंकारको ज्वालाभित्र रिस र द्वैसको मानसिकताले झन्झन् बेरिँदै जाँदो र बिनासिँदो छ ।

यसो भनिरहँदा के अब यो मानव सभ्यता समाप्त हुन्छ त रु हैन म त्यो भनिरहेको छैन । मत के भनिरहको छु भने अब यो कोरोना संकटबाट सिकेर मानिसले भष्मासुरको जस्तो तपस्या बस्ने र भगवानको विनास गर्ने मानसिकता त्यागेर प्रकृतिको रक्षा गर्दै सभ्य र सालिन मानवतावादी मानव बनेर विश्वशान्तिको पथमा हिँड्नु आजको आवश्यकता हो । यसका लागि विश्वभरका राष्ट्र प्रमुखहरुको एउटा सम्मेलन र सही अर्थमा ऐक्यवद्धता आजको आवश्यकता हो । यसबाट मानव जाति र सबै धर्मका प्रवद्र्धकहरुको सम्मान र साँचो पुजन हुन सक्छ र हाम्रो जीवनको लक्ष्य साँचो अर्थमा पूरा हुन सक्छ । यसमा मानव जाति र अस्तित्वको रक्षा हुन सक्छ भन्ने छोटो टिप्पणी मात्र हो यो विचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *