रुसी खाेपलाई नेपालमा आपत्कालीन प्रयाेगकाे अनुमति

  supreme-post
  ९ बैशाख २०७८, बिहीबार १८:४७

बैशाख ८,काठमाण्डाै – सरकारले काेराेना भाइरसविरुद्धकाे रुसी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले रुसी खोप स्पुतनिक भी लाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिने निर्णय गरेको हो । नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपत्कालीन प्रयोगको अनुमति पाएर अहिले त्यसको प्रयोग भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *