भारतीयका विदेश सचिव नेपाल आउँदै

  supreme-post
  ११ मंसिर २०७७, बिहीबार ०८:५१

११ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । विदेश सचिव श्रृंगलाको नेपाल भ्रमण यो पहिलो हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आउन लागेका श्रृंगलाले आजै उच्चस्तरीय भेटवार्ता गर्ने छन् । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली लगायतका सिर्षस्त नेताहरुलाई भेट्ने कार्यक्रम छ । त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् । शुक्रबार ज्यापु समाजको भवन उदघाटन र गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किने छन् ।

काठमाडौं स्थित भारतीय राजदूतावास स्रोतका अनुसार नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरुसँग भेटघाटको क्रममा दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा कुराकानी हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *